株式会社ニホント (Nihonto Co., Ltd.) ले नेपालीहरूलाई ट्रक चालकको रूपमा काम दिलाउन विशेष सहयोग गर्दै आएको छ। हाल विशेष सीप लिएर ट्रक चालक बन्न चाहने नेपालीहरूको भर्ना भइरहेको छ। थोरै पनि रुचि छ भने कृपया सम्पर्क गर्नुहोस्!
※यस लेखमा विशेष सीप(tokutei ginou) ट्रक चालक बन्ने तरिका र वास्तविक जागिर जानकारी दिइएको छ। अन्त्यसम्म पढ्नुहोस्।
विदेशीहरूले ट्रक चालकको रूपमा काम गर्न सक्ने भिसाहरू — स्थायी निवास (eijyuu), जापानी व्यक्तिको जीवनसाथी, र विशेष सीप (tokutei ginou) मात्र हुन्।
त्यसैले दक्ष कामदार भिसा (gijinkoku) वा dependent भिसामा हुनुहुन्छ भने, विशेष सीप (tokutei ginou)मा परिवर्तन गर्नु आवश्यक हुन्छ।

साँचो हो। विशेष सीप धारकको औसत मासिक तलब २लाख ३० हजार येन भए पनि, ट्रक चालकको औसत मासिक तलब ३ लाख येन छ। ओभरटाइम पनि धेरै हुने भएकाले, ओभरटाइम अनुसार झनै बढी कमाउन सकिन्छ।
★हालका जागिर जानकारी (उदाहरण)
・शिजुओका प्रान्त:मध्यम ट्रक चालक – २ लाख ८० हजार येनभन्दा बढी
・साइतामा प्रान्त:अर्ध-मध्यम ट्रक चालक – ३ लाख २० हजार ८२५ येनभन्दा बढी
・ओसाका प्रान्त:अर्ध-मध्यम ट्रक चालक – ३ लाख ७ हजार येनभन्दा बढी
・हिरोशिमा प्रान्त:ठूलो ट्रक चालक – ३ लाख ८ हजार येनभन्दा बढी
ग्रामीण क्षेत्रमा पनि अन्य पेशाभन्दा बढी तलब दिने जागिर धेरै छन्!
※अन्य प्रान्तमा पनि जागिर उपलब्ध छ, कृपया सोध्नुहोस्!
・नेपालमा ठूलो सवारी साधनको लाइसेन्स लिनुभएकाहरू
・नेपालमा ट्रक चलाएको अनुभव भएकाहरू
・जापानको साधारण चालक अनुमतिपत्र भएकाहरू
・फोर्कलिफ्ट चलाएको अनुभव भएकाहरू
साना, मध्यम र ठूला ट्रकहरू चलाउने, डेलिभरी, होम डेलिभरी, बसाइ सराइ जस्ता काम गर्ने। लामो दूरीको यातायात, एरिया डेलिभरी(निजी कम्पनी, कोम्बिनी, सुपरमार्केट आदि), कुरियर सेवा, बसाइ सराइ आदि काम गर्ने कम्पनी अनुसार फरक हुन्छ। सामान्य काममा सङ्कलन, लोडिङ-अनलोडिङ, ढुवानी, डेलिभरी, प्याकेजिङ र कागजात तयारी पर्छन्। गाडी र ड्राइभिङ मनपराउने, एक्लै एकाग्रतासाथ काम गर्न मन लाग्ने व्यक्तिहरूका लागि उपयुक्त हुन्छ।

① JFT(A2)वा JLPT(N4)उत्तीर्ण हुनुपर्छ।
② लजिस्टिक्स तथा यातायात उद्योगको विशेष सीप परीक्षा उत्तीर्ण हुनुपर्छ।
③ जापानको साधारण चालक अनुमतिपत्र प्राप्त गर्नुपर्छ।
ठूलो ट्रक चालक बन्न जापानको ठूलो सवारी अनुमतिपत्र चाहिन्छ, तर पहिले साधारण लाइसेन्स लिएर विशेष सीप(tokutei ginou)को रूपमा काम सुरु गर्न सकिन्छ। कम्पनी अनुसार ठूलो लाइसेन्सको खर्च कम्पनीले नै व्यहोर्ने अवस्था पनि धेरै हुन्छ। साधारण लाइसेन्स भएकाहरूका लागि यो ठूलो अवसर हो!
★विदेशी लाइसेन्स रूपान्तरण प्रणालीको फाइदा लिनुस्!
नेपालमा लिएको साधारण वा ठूलो सवारी लाइसेन्सलाई जापानी लाइसेन्समा बदल्ने परीक्षा छ। उत्तीर्ण दर कम भए पनि कम खर्चमा लाइसेन्स लिन सकिन्छ। ニホントमा पनि विदेशी लाइसेन्स रूपान्तरण तयारी कोर्स उपलब्ध छ!
ट्रक चालकको काम सामान्य जागिरभन्दा केही चुनौतीपूर्ण भए पनि, उच्च तलब र राम्रो रोजगारी अवस्था दिने कम्पनीहरू धेरै छन्। थोरै पनि रुचि छ भने कृपया सम्पर्क गर्नुहोस्। नेपाली स्टाफहरूले पनि तपाईंका प्रश्न र चिन्तामा सहयोग गर्नेछन। विदेशी लाइसेन्स रूपान्तरण कोर्स मात्र चाहिएको अवस्थामा पनि सम्पर्क गर्न नहिचकिचाउनुस्।