NIHONTONIHONTO

[¥२८०,००० बाट सुरु हुने उच्च तलब] हामी नेपाली ट्रक चालकहरूलाई भर्ना गर्दैछौं!

2026/04/06 お知らせ

株式会社ニホント (Nihonto Co., Ltd.) ले नेपालीहरूलाई ट्रक चालकको रूपमा काम दिलाउन विशेष सहयोग गर्दै आएको छ। हाल विशेष सीप लिएर ट्रक चालक बन्न चाहने नेपालीहरूको भर्ना भइरहेको छ। थोरै पनि रुचि छ भने कृपया सम्पर्क गर्नुहोस्!

※यस लेखमा विशेष सीप(tokutei ginou) ट्रक चालक बन्ने तरिका र वास्तविक जागिर जानकारी दिइएको छ। अन्त्यसम्म पढ्नुहोस्।

ट्रक चालकको रूपमा काम गर्न मिल्ने भिसा कुन हो?

विदेशीहरूले ट्रक चालकको रूपमा काम गर्न सक्ने भिसाहरू — स्थायी निवास (eijyuu), जापानी व्यक्तिको जीवनसाथी, र विशेष सीप (tokutei ginou) मात्र हुन्।

ट्रक चालक भएर राम्रो पैसा कमाउन सकिन्छ?उच्च तलब साँचो हो?

साँचो हो। विशेष सीप धारकको औसत मासिक तलब २लाख ३० हजार येन भए पनि, ट्रक चालकको औसत मासिक तलब ३ लाख येन छ। ओभरटाइम पनि धेरै हुने भएकाले, ओभरटाइम अनुसार झनै बढी कमाउन सकिन्छ।

★हालका जागिर जानकारी (उदाहरण)
・शिजुओका प्रान्त:मध्यम ट्रक चालक – २ लाख ८० हजार येनभन्दा बढी
・साइतामा प्रान्त:अर्ध-मध्यम ट्रक चालक – ३ लाख २० हजार ८२५ येनभन्दा बढी
・ओसाका प्रान्त:अर्ध-मध्यम ट्रक चालक – ३ लाख ७ हजार येनभन्दा बढी
・हिरोशिमा प्रान्त:ठूलो ट्रक चालक – ३ लाख ८ हजार येनभन्दा बढी

ग्रामीण क्षेत्रमा पनि अन्य पेशाभन्दा बढी तलब दिने जागिर धेरै छन्!

उत्तीर्ण हुने सम्भावना बढी हुने व्यक्ति

・नेपालमा ठूलो सवारी साधनको लाइसेन्स लिनुभएकाहरू
・नेपालमा ट्रक चलाएको अनुभव भएकाहरू
・जापानको साधारण चालक अनुमतिपत्र भएकाहरू
・फोर्कलिफ्ट चलाएको अनुभव भएकाहरू

ट्रक चालकको वास्तविक काम के हो?

साना, मध्यम र ठूला ट्रकहरू चलाउने, डेलिभरी, होम डेलिभरी, बसाइ सराइ जस्ता काम गर्ने। लामो दूरीको यातायात, एरिया डेलिभरी(निजी कम्पनी, कोम्बिनी, सुपरमार्केट आदि), कुरियर सेवा, बसाइ सराइ आदि  काम गर्ने कम्पनी अनुसार फरक हुन्छ। सामान्य काममा सङ्कलन, लोडिङ-अनलोडिङ, ढुवानी, डेलिभरी, प्याकेजिङ र कागजात तयारी पर्छन्। गाडी र ड्राइभिङ मनपराउने, एक्लै एकाग्रतासाथ काम गर्न मन लाग्ने व्यक्तिहरूका लागि उपयुक्त हुन्छ।

लजिस्टिक्स तथा यातायात उद्योगको विशेष सीप(tokutei ginou)का लागि आवश्यक पर्ने कुराहरु

① JFT(A2)वा JLPT(N4)उत्तीर्ण हुनुपर्छ।
② लजिस्टिक्स तथा यातायात उद्योगको विशेष सीप परीक्षा उत्तीर्ण हुनुपर्छ।  
③ जापानको साधारण चालक अनुमतिपत्र प्राप्त गर्नुपर्छ।

ठूलो ट्रक चालक बन्न जापानको ठूलो सवारी अनुमतिपत्र चाहिन्छ, तर पहिले साधारण लाइसेन्स लिएर विशेष सीप(tokutei ginou)को रूपमा काम सुरु गर्न सकिन्छ। कम्पनी अनुसार ठूलो लाइसेन्सको खर्च कम्पनीले नै व्यहोर्ने अवस्था पनि धेरै हुन्छ। साधारण लाइसेन्स भएकाहरूका लागि यो ठूलो अवसर हो!

★विदेशी लाइसेन्स रूपान्तरण प्रणालीको फाइदा लिनुस्! 

नेपालमा लिएको साधारण वा ठूलो सवारी लाइसेन्सलाई जापानी लाइसेन्समा बदल्ने परीक्षा छ। उत्तीर्ण दर कम भए पनि कम खर्चमा लाइसेन्स लिन सकिन्छ। ニホントमा पनि विदेशी लाइसेन्स रूपान्तरण तयारी कोर्स उपलब्ध छ!

सारांश

ट्रक चालकको काम सामान्य जागिरभन्दा केही चुनौतीपूर्ण भए पनि, उच्च तलब र राम्रो रोजगारी अवस्था दिने कम्पनीहरू धेरै छन्। थोरै पनि रुचि छ भने कृपया सम्पर्क गर्नुहोस्। नेपाली स्टाफहरूले पनि तपाईंका प्रश्न र चिन्तामा सहयोग गर्नेछन। विदेशी लाइसेन्स रूपान्तरण कोर्स मात्र चाहिएको अवस्थामा पनि सम्पर्क गर्न नहिचकिचाउनुस्।

人気トピックス

2026/11/05 コラム
イスラム教移民が抱える財政・治安リスク|ムスリム移民問題を欧州データで検証 ​今の日本にとって、外国人の方々の力が必要不可欠なものになりつつあることは否定できません。 だからといって、単に「人手不足を解消できればいい」と安易に受け入れを…
2026/11/12 お知らせ
ABEMA Prime「交通ルールに戸惑い?分かりにくい?外国人と運転」で弊社の取り組みが紹介されました ABEMAの報道番組「ABEMA Prime(アベプラ)」にて、弊社の外国人ドライバー教育の取り組みを紹介いただきました。 外国人の交通事故の増加や、2025年…
2026/06/19 コラム
特定技能1号と2号の違いとは?外国人ドライバーの「無期限雇用」や「家族帯同」の可能性 国内の労働人口が減少の一途をたどる中、物流業界において「いかにして安定的にドライバーを確保するか」は、企業の存続に関わる重要な課題となっています。こうした背景か…
2026/10/02 コラム
【2026年10月最新】「外国人ドライバーは本当に増えている?」約9ヶ月で2倍超の増加。データが示す特定技能ドライバーの「今」と「これから」 物流業界の人手不足は、もはや「待ったなし」の状況です。2024年問題を経て、ドライバー不足に悩む企業が増える中、外国人(特定技能)ドライバーの採用は「検討事項」…

Contact

お問い合わせ

サービスについてのお問い合わせや、
ご依頼に関してのお問い合わせはこちらより
受け付けております。
お気軽にご連絡ください。

お問い合わせフォームはこちら